माघ ४ । स्पेनिस महारथी क्लब रियल म्याड्रीड कोप डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ। विहिबार राती रियलको घरेलु मैदानमा भएको खेलमा ५-२ ले सेल्टा भिगोलाइ पराजित गर्दै रियलले क्वाटरफाइनलको यात्रा निश्चित गरेको हो।
खेलको अन्तिम समयसम्म रियलले बनाएको २-० को अग्रता जोगाउन नसक्दा इन्जुरी समयमा खेल २-२ को स्थितिमा पुगेको थियो। थप गरिएको ३० मिनेटमा रियलले ३ गोल थपेपछी रियल ५-२ गोल अन्तरले विजयी भएको हो।रियलका लागि इन्ड्रीकले २ गोल ,एम्बाप्पेले १ गोल ,भिनिसियस जुनियरले एक गोल र भाल्भार्डेले १ गोल गरेका थिए।