कावासोती । नवलपुरको कावासोती १ मा बोलेरो दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। आज विहान करिव १०:३० बजेको समयमा नवलपुर जिल्ला कावासोती न.पा.१ बालुवाडाँडा स्थित भित्री सडक-खण्डमा बुलिङटारबाट कावासोती तर्फ आउदै गरेको बा.प्र.०७-००१ ज ००२० नं को बोलेरो पिकअप अनियन्त्रित भइ पल्टन जादा उक्त पिकअपमा सवार ३२ जना घाइते भइ मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको हो।
दुर्घटनामा परि घाइते भएकाको उद्वारका लागि स्थानीय युवाहरु ,प्रहरिहरु तथा श्री नं.२ बन तथा पर्यावरण सुरक्षा गण बाट सह से सन्तोष कंडेल को कमान्डमा टोलि खटिएको थियो।दुर्घटनामा परि २ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु घोषणा भएको छ भने १७ जनालाइ थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी जेसि शाहाले जानकारी दिएका छन।घटनाको बारेमा र थप घाइतेको विवरणका बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।