कावासोती । कावासोतीमा हिजो शनिवार देखि पठन संस्कृति अभियान सुरु गरिएको छ। कावासोती नगर युवा संजाल र नवलपुर एफएमको सहकार्यमा संचालन गरिएको कार्यक्रम अब देखि हरेक महिनाको पहिलो शनिबार निरन्तर रुपमा गरिनेछ।कावासोती नगरपालिकाको सभाहलमा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिती रहेको थियो
।साहित्यकार दिपक सोतिको प्रमुख अतिथि रहेको कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा कावासोती नगर युवा संजालका अध्यक्ष पवन भुर्तेलले पठन संस्कृति अभियानले अध्ययन गर्ने बानिको विकास गराउदै ज्ञानको दायरा बढाउने अपेक्षा गरिएको बताए।