कावासोती , जेठ ४ , २०८१।
नवलपुर जिल्लाको कावासोतीमा रहेको लर्ड बुद्ध एकेडेमीले विद्यालयमा मतदान प्रक्रिया द्वारा 'स्कुल क्याप्टेन ' चयन गरेको छ । शुक्रबार कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरि आफ्नो क्याप्टेन चयन गरेको विद्यालयका प्रबन्ध निर्देशक रमेश अधिकारीले बताउनु भयो ।
शुक्रबार सम्पन्न मतदान बाट नितन गुरुङ क्याप्टेनमा चयन भएकी छन् । उनले १०८ मत प्राप्त गरिन् । त्यसै गरि उपबिजेत क्रीन्जल थापाले १०५ मत प्राप्त गरे । यसै गरि आयुषा गुरुङ सहायक क्याप्टेनमा चयन भएको विद्यालयका इन्चार्ज एबम् मतदान अधिकृत युबराज गौतमले जानकारी दिनुभयो । सह क्याप्टेन गुरुङ ले १ सय १५ मत प्राप्त गरिन् भने उपबिजेता निकेश महतोले ८४ मत प्राप्त गरें ।
मतदान प्रक्रियामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको र यसके निर्बाचन सम्बन्धी उनिहरुलाई अभ्यास समेत गराएको अतिरिक्त क्रियाकलाप प्रमुख बिकास थापाले बताउनु भयो । शुक्रबारनै मतदान प्रक्रिया बाट हाउस क्याप्टेन र सह क्याप्टेन समेत चयन गरिएको छ । यसैगरी विद्यालयको बुद्द वर्ड क्लबको अध्यक्षमा क्रीन्जल थापा चयन भएका छन् मतदानमा कुल २ सय १४ विद्यार्थी सहभागी भएका थिए।