देवचुली ,नवलपुर। विश्व हिन्दु युवा संघ नवलपुर र पशुपति साङ्गवेद आश्रमको संयुक्त आयोजनामा भोलि बाट पाच दिन सम्म लगातार(१०८ घण्टा) अखण्ड भजन किर्तन आयोजना गरिएको छ।भोलि बैशाख २४ गते विहान ७ बजेदेखि सुरु हुने भजन किर्तन कार्यक्रम लगातार १०८ घण्टासम्म चलिरहने कार्यक्रमका संयोजक विश्व हिन्दु महासंघ नवलपुरका सदस्य लक्ष्मण पाठकले जानकारी दिएका छन। २४ घण्टे अखण्ड किर्तन बाट सुरु हुँदै ७२ घण्टे हुँदै आएको कार्यक्रम अहिले १०८ घण्टा सम्म अखन्ड गरिरहने योजना रहेको विश्व हिन्दु महासंघ नवलपुरका अध्यक्ष मणि प्रसाद भुसालले जानकारी दिए।भजन किर्तन कार्यक्रममा नवलपुरका विभिन्न स्थानका भजन समुहहरुले सहभागीता जनाउने छन।
विश्व हिन्दु महासंघ नवलपुरको आयोजनामा १०८ घण्टे अखण्ड भजन किर्तन हुदै