बैशाख २३,नवलपुर। नेपाली काङ्ग्रेस कावासोती नगर समिती र क्षेत्रीय कार्यसमितिको संयुक्त आयोजना संचालन गरिएको एक दिने बृहत् स्वास्थ शिविरमा १०३५ जनाले स्वास्थ परिक्षण गराएका छन।
कावासोती १७ को त्रिभुवन बाल माबी ढोकिमा आयोजना गरिएको शिविरमा वीपी काेईराला मेमाेरियल क्यान्सर अस्पताल, चितवन मुटु अस्पताल र एपाेलाे डेन्टल हस्पिटल प्रा लि काे प्राबिधिक सहयाेग रहेको थियो।
निशुल्क स्वास्थ्य शिविर कार्यकममा बिशेषज्ञ डाक्टरहरुद्वारा क्यान्सर लगायत फिजिसियन सेवा, हाडजाेर्नी, स्त्री राेग, छाला राेग, उच्च रक्तचाप तथा ECG सेवा, भिडियाे एक्सरे, सुगर परीक्षण गर्नुकाे साथै निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो।नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जिसिको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको सभाध्यक्ष नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र न १ का सभापती अमृत भट्टचनको अध्यक्षता सम्पन्न भएको थियो।
अन्त्यमा बोल्दै अध्यक्ष भट्टचनले आफुले विगतमा पनि नवलपुरको विभिन्न स्थानमा स्वास्थ शिविर संचालन गर्दै आएको र फेरि पनि निरन्तर गरिरहने प्रतिवद्वता व्यक्त गरे।