चितवन, चैत्र २४।
विश्व हिन्दु महासंघ नवलपुर र चितवनमा रहेको मौलाकालीका हस्पिटलका बिचमा आज विषेश सम्झौता भएको छ।
आज दुई पक्ष विच भएको सम्झौता अनुसार मौलाकालिका हस्पिटलले विश्व हिन्दु महासंघ र विश्व हिन्दु युवा संघ नवलपुरमा आवद्ध सदस्य हरुलाइ २०% सम्म छुट दिने भएको हो।सम्झौतामा विश्व हिन्दु महासंघ नवलपुरका तर्फबाट अध्यक्ष मणि प्रसाद भुसालले हस्ताक्षर गरेका छन भने मौलाकालिका हस्पिटलको तर्फबाट हस्पिटलका प्रशाशक सन्दिप भुर्तेलले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार विश्व हिन्दु महासंघका आजिवन सदस्य र उनिहरुको परिवारका सदस्यहरुलाइ अस्पतालले दिने सम्पूर्ण सेवाहरुमा २०% छुट दिइने भएको छ भने औषधिमा ५% छुट दिइने भएको छ।
सम्झौता विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य किरण भुर्तेल,जिल्ला अध्यक्ष लक्ष्मण रिजाल,महासंघका जिल्ला सचिव कृष्ण प्रसाद न्यौपाने ,अस्पतालका लेखापालको उपस्थितिमा भएको थियो।