मेवा गाउँ घरमा पाइने एउटा प्रचलित फलफुल हो।गाउँ घरमा प्राय सबैको घरमा पाइने हुनाले अन्य फलफूल जस्तो मेवालाइ महत्त्व नदिइए पनि मेवा अत्यन्तै फाइदाजनक फलफुल हो।अन्य फलफुल भन्दा मेवामा धेरै पौष्टिक तत्त्व पाइने हुनाले पनि स्वास्थको दृस्टीकोणले अत्यन्तै लाभदायक मानिन्छ।मेवा सेवन गर्दा हुने केही फाइदाहरु यहाँ उल्लेख गरिएको छ।
- जन्डिस लगायतका रोगहरुमा मेवाको प्रयोग अत्यन्तै लाभदायक हुन्छ।
-मेवा खानाले वाकवाकी र अरूची हटाउन सहयोग गर्छ।
-मेवामा प्रचुर मात्रामा भिटामिन ए र भिटामिन हुने हुदा शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो लाभदायक छ ।
-ज्वलनशिल विरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न सहयोग गर्छ । खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ ।
-मेवामा क्यान्सरसँग लड्ने क्षमता पनि हुने हुदा क्यान्सर पिडितहरुलाइ प्रयोग गर्दा राम्रो लाभ छ।
-मेवाको नियमित प्रयोगले महिलाको महिनावारीलाई पनि नियमित बनाउछ ।
-मेवाका विभिन्न तत्वहरु मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
-विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।
- मेवामा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।
-मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैल पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।
-मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने अनुसन्धानदाताहरुले पुष्टि गरेका छन् ।
-मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।
मेवाको यस्तै अनेकौं फाइदाहरु छन भने सहि प्रयोग भएन भने केही बेफाइदा हरु समेत रहेका छन।पछिल्लो समय मेवाको व्यवसायिक खेती गरेर समेत कृषकहरुले राम्रो आम्दानी गरिरहेका छ्न।