[आज मिति २०७७ साल भाद्र २० गते शनिबार । तदनुसार सेप्टेम्बर ५ तारिख । नेपाल सम्वत् ११४०]
मेष राश (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : आज सामान हराउने वा चोरी हुने सम्भावना । शरिरमा स्फुर्ति र उमङ्गका कमि हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भईदैन ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज दुरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएको अधुरो काम पुरा हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तिव्रता पाउनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज अनावश्यक काममा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पुर्याउनु पर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज कीर्तिमानी काम गर्ने समय छ । वाकचतुर्याईले सङकल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाईएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज शुभचिन्तक हरुले पुर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज बुद्धि र विबेकको प्रयोग गर्न सके आजको दिनलाई अझै सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज रमणीय र सुखद यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भईएला । विपरित वर्गप्रति आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज टाढाका नातागोता वा परिवार जनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज धार्मिक कार्यको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।