कावसोती ,फागुन २३ ।कावासोती नगर युवा संजालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा शाखाको व्यवस्थापनमा दुइ दिने नेतृत्व विकास ,मनोपरामर्श तथा युवा गोष्ठी कावासोतीमा सुरु भएको छ।
संस्थाको अध्यक्ष पवन भुर्तेल तथा कावासोती नगरपालिका प्रमुख विष्णु भुसालको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमका विच सुरु गरिएको कार्यक्रम आज र भोलि दुई दिन सम्म संचालन हुने अध्यक्ष पवन भुर्तेलले जानकारी दिए।कार्यक्रममा दुई दिन सम्म उद्घोषण कला,उत्प्रेरणात्मक मनो परामर्श तथा युवा मैत्री स्थानीय शासनका विषयहरुमा कार्यशाला सहितको सत्रहरु रहनेछन ।
उद्घघोषण सम्बन्धि विषयमा प्रशिक्षक किरण भुर्तेल,उत्प्रेरणात्मक सेसन इश्वर गैरे तथा युवा मैत्री स्थानिय शासनका विषयमा दिपक शर्माले प्रस्तुतीकरण तथा सहजीकरण गर्ने कार्यक्रम रहेको संजालका अध्यक्ष भुर्तेलले जानकारी दिए।कार्यक्रम अन्तर्गत आजको पहिलो सेसनमा किरण भुर्तेलले उद्घोषण कलाको विषयमा र इश्वर मनोपरामर्श सम्बन्धि विषयमा ईश्वर गैरेले आफ्नो प्रस्तितु आज सकिएको र थप कार्यक्रम भोलि गरिने समय तालिका रहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित प्रमुख अतिथी नगर प्रमुख विष्णुप्रसाद भुसाल ,कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डे ,कावासोती २ का वडाध्यक्ष शिव प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कावासोती नगर युवा संजालको सचिव मनिता भुसालले गरेकी थिइन।