फागुन २१, कावासोती । मेन्टर एजुकेशन कावासोतिले कुमारवर्ती कलेजको खेलमैदानमा आयोजना गरेको मेन्टर कपको दोस्रो क्वाटरफाइनल खेलमा रजहर क्रीकेट क्लब रजहर विजयी भएको छ।
आज दिउँसो ४ बजे भएको खेलमा लक्ष्मी युवा क्लब देवचुलिलाइ २३ रनले पराजित गर्दै रजहरले सेमिफाइनलमा स्थान पक्का गरेको हो। टस जितेर पहिले व्याटिङ रोजेको रजहरले कुनाल बस्नेतको ३२ बलमा ६८ रनको आक्रमक पारिको सहयोगमा ८ विकेटको क्षतिमा १६५ रनको विशाल योगफल तयार पारेको थियो।
१६६ रनको विजय लक्ष्य लिएर व्याटिङमा उत्रेको लक्ष्मी युवा क्लबले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४२ रन मात्रै बनाएपछी रजहरले सहज जित दर्ता गरेको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।
खेलमा अर्धसतकिय पारी खेलेर आफ्नो टिमलाइ विजयी बनाउन सफल रजहरका कुनाल बस्नेतलाइ प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले मेडल लगाइदिएर सम्मान गरेका थिए। प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल भोलि ३:३० बजे कुमारवर्ती कलेजको खेल मैदानमा आयोजक मेन्टर एजुकेशन र राइनो लेक व्याइजका विचमा हुनेछ।
प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुने र प्रथम हुने टिमले ५१ हजार १ सय ५५ र द्वितीय हुने टिमले २५ हजार १ सय ५५ सहित ट्रफी प्राप्त गर्ने खेल संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।