देवचुली ,नवलपुर ,माघ २८। विश्व हिन्दु महासंघ नवलपुरको जिल्ला भेला तथा अधिवेशन हिजो सम्पन्न भएको छ।नवलपुरको देवचुली १५ रहेको पशुपति साङ्गवेद आश्रमा सम्पन्न अधिवेशनले मणि प्रसाद भुसालको नेतृत्वमा जिल्ला कार्य समिती गठन गरेको छ।
नव निर्वाचित समितिको बरिस्ठ उपाध्यक्षमा युक्त प्रसाद गौडेल,उपाध्यक्षमा सन्तोष राना,सचिवमा कृष्ण प्रसाद न्यौपाने ,कोषाध्यक्षमा बिन्दु पोखरेल काफ्ले लगायत रहेको निर्वाचन मंडलका संयोजक बेद प्रसाद गौडेलले जानकारी दिएका छन।जिल्ल भेला तथा अधिवेशनमा विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारी ,महासचिव रामचन्द्र तिवारी ,धार्मिक अभियान्ता अभिषेक जोशि लगायतको उपस्थिती रहेको थियो।