कावासोती ।कावासोती २ निवासि साहित्यकार तथा लायन लिला मास्की राना मगरले आफ्नो जन्मदिन तथा मास्टर मित्र सेनको १२८ औ जन्मोत्सवको अवसर पारेर अक्षयकोष स्थापना गरेकी छन।कावासोती ५ मा रहेको कालिका मावी मा हिजो शुक्रबार एक कार्यक्रम आयोजना गरि एक लाख एक हजार एक सय ५५ रुपिया बराबरको चेक हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ चितवन वाङ्मयको अध्यक्ष समेत रहेकी रानाले आफ्नो स्वर्गीय हजुरआमा फेन्टा कुमारी राना,हजुरबा पहल सिंह पुलामी मगर लगायतको स्मृतिमा विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयको अध्यक्ष अर्जुन भण्डारी र प्रधानाध्यापक लेखराम पोखरेललाइ चेक हस्तान्तरण गरेकी हुन।
लायन्स क्लबका विभिन्न पदाधिकारी ,कर्णेल धनबहादुर मास्की राना लगायत विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रअ पोखरेलले बताए।