कावासोती,असार ३० । नवलपुरको कावासोती साइक्लिङ ग्रुपको आयोजनामा शनिबार ५२ किलोमिटर कोरा साईकिलिङ्ग च्यालेन्ज यात्रा पूरा भएको छ । अघिल्लो वर्षदेखि सुरु भएको कोरा कावासोतीको निरन्तरत स्वरुप शनिबार बिहान कावासोतीस्थित नर्मदेश्वर शिवालयबाट सुरु भएको साइक्लिङ ग्रुपले नवलपुरको ३ वटा नगरपालिकाको ५२ किलोमिटर यात्रा गरेर कावासोतीमा रहेको पानस ब्यान्कुटको हलमा आएर टुंगिएको हो ।
ग सहभागीले कावासोती देवचुली र मध्यबिन्दु नगरपालिकाको भित्री बाटोबाट शनिबार दिउँसोसम्म ५२ किलोमिटर यात्रा पूरा गरेका हुन् । कावासोतीका मेयर विष्णुप्रसाद भुसालले एक समारोहबीच कार्यक्रमको उद्दघाटन गर्दै सहभागीहरुलाइ सफलताको शुभकामना सहित बिदाइ गरेका थिए । यात्रामा ८० साइक्लिस्ट सहभागी थिए । उनीहरूले विभिन्न मठमन्दिर र पर्यटकीयस्थल हुँदै पुर्वनिर्धारित रुट प्लान अनुसार यात्रा गरेका थिए । कावासोती साइक्लिङ ग्रुपमा ९० युवा आबद्ध रहेको संस्थाका अध्यक्ष ज्योति श्रेष्ठले जानकारी दिए ।
शारीरिक मानसिक स्वास्थको लागि साइक्लिङ अत्यन्तै उपयोगी हुने भन्दै सम्पूर्ण नवलपुरबासिमा साइक्लिङको महत्त्व बुझाउने हेतुले कार्यक्रम आयोजना गरिएको साइक्लिङ ग्रुपमा सचिब गणेश गुरुङ (टेना) ले जानकारी दिए।शारीरिक तन्दुरुस्ती राख्न र पर्यटकीयस्थलको प्रचारमा साइक्लिङ ग्रुपको ठूलो भूमिका हुने र यस्ता अनुकरणीय कार्यमा कावासोती नगरपालिकाले सधै सहयोग गर्ने मेयर भुसालले बताए ।पानसको हलमा भएको समापन कार्यक्रममा सहयोगी तथा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी रहेका थिए भने संचालन संस्थाका सचिब गणेश गुरुङले गरेका थिए।
कोरा कावासोती २०२३(साइक्लिङ च्यालेन्ज) नवलपुरमा भव्य रुपमा सम्पन्न