प्रिय धन, १९ भदौ। चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज एक सूचना प्रकाशन गरी भदौ ३१ गते मध्यरातको १२ बजे सम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको जानकारी गराएको हो । चितवनमा यसअघि जारी गरिएको निषेधाज्ञा आज सकिँदै थियो । तर जिल्ला प्रशासन कार्यालयले भने निषेधाज्ञा पहिले भन्दा केही खुकुलो बनाएको छ । कृषि औजार , शव दाहका गाडी ,खानेपानी , इन्धन , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी ,सरसफाइका गाडी भने मापदण्ड पुरा गरेमा चलाउन सकिने छ । त्यस्तै किराना पसल , बिजुलीका पसल , भाँडाकुँडा का पसल स्वास्थ्य सतर्कता अपनाई बिहान १० बजे देखि दिउँसो ४ बजेसम्मका लागि खुल्ला गर्न सकिने बताइएको छ । त्यस्तै अनलाइन कक्षा बाहेक अन्य सामूहिक शैक्षिक गतिविधि भने गर्न पाइने छैन । त्यसै गरी मास्क लगाएर हिँड्न र सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले ले आग्रह गरेको छ ।
चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा थप