खगिसरा न्याैपाने वस्याल ,पाेर्चुगल एन,आर, एन ,ए पोर्चुगलले पोर्चुगलको जम्वुजिरा सालादी हलमा उत्प्रेरणात्मक प्रस्तुती सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा चर्चित कथा वाचक तथा उत्प्रेरक साईग्रेस पाेखरेलले आफ्नो प्रेरणादायी प्रस्तुति दिएका छन। हलमा कार्यक्रमका मुख्य आकर्षण आफ्ना प्रिय कथावाचककाे प्रस्तुति हेर्नका लागि उल्लेख्य मात्रामा स्राेता तथा दर्शक निर्धारित समय भन्दा अघि देखिनै जम्मा भैसकेका थिए।यत्तिकैमा दर्शक दिर्घवाट हात हल्लाउदै र सहभागिहरू संग अंकमाल गर्दै कार्यक्रममा पोखरेल छिरेपछि हलमा निकै राैनकता बढेकाे थियाे ।उनि हरेक नेपालिले व्यक्त गर्न नसकेकाे कुरा भन्न नसकेकाे हृदयस्पर्सि भनाई र कथा मार्फत पछिल्लाे पटक जस्ताकाे तस्तै उतार्ने पात्र बनेका छन भने उनी युट्युव, टिकटक लगायत सामाजिक संजालमा समेत चर्चित भएका छन ।उनले स्टेजकाे माथि उभिएर थाेरै मेराे कथा धेरै हजुरहरूकाे कथा भन्न आएकाे छु भन्दै सुरूमा विदेशिने आम नेपालिकाे कथा सुनाएका थिए। वल्ल वल्ल घर धिताे राखि कागज पत्र वनाउन सत्र चक्कर काटि विदेश छिर्ने धेरै पैसा कमाउने सपना संग परिवार छाेड्ने दु,ख साटि विदेश त जसरि नि जान्छु भन्दै भिजिट भिषाकाे लागि पनि 14/15 लाख तिरि वल्ल वल्ल युराेप अप्लाई गरे पैसा वुझाई सकेपछि वल्ल थाहा भयाे लागत भन्दा लाखाै वढिमा परे भन्दै साईग्रेसले पर्देशमा सबैका कथा व्यथा एउटै रहेकाे र हरेक क्षेत्रवाट नेपालिलाई पासपोर्ट लगाएत अन्य कागज पत्र का लागि दु, ख भएकाे कुरा व्यक्त गरेका थिए ।जिन्दगीमा केही दु,ख र संघर्षले मात्र जिवनलाई अगाडि वढाउन सकिन्छ भन्दै भावुक बनेका उनकाे कथामा धेरै दर्शकहरूमा मग्न भएका थिए ।जुनकुरा गर्दा आफुलाई खुसि मिल्छ आनन्द मिल्छ त्याे कुरा मात्र गर्नु, कुनै पनि कुराले जिन्दगीमा कसैलाई पनि दु,खि नवनाउनु भन्दै आफ्ना गहकिला तर्कहरू प्रस्तुत गरेका थिए। साईग्रेसकाे हरेक आवाजमा हरेक कथामा दर्शकहरू काेहि भावुक थिए काेहि चिच्याउदै त काेहि हरेक कथाकाे विच विचमा तालि सहित हात हल्लाउदै थिए कुनै दर्शक हरूले साईग्रेसले अाफ्नाे कथा सुनाईरहदा अाफ्नाे दु,ख र गुनासाे पाेखेका थिए। उनले भने , याे मेराे कुरा त हाेईन कलाकारले गित गाउने हाे डान्सर नाच्ने हाे र म कथा वाचक हु मेराे काम कथा भन्ने हाे तर याे मेराे पक्ष नभए पनि पाेर्चुगलमा रहेका नेपालिहरूकाे दुखेसाे र गुनासाे नेपाली दुतावास ,प्रधानमन्त्री ,गृहमन्त्री लगायत उच्च अहाेदामा रहेका व्यक्ति सम्म पुर्याउनेछु ।यसका साथसाथै पाेर्चुगलमा रहेका नेपालिहरूकाे एउटा कथा पर्दामा उतार्ने वाचा समेत उनले गरे। दर्शकहरूले खचाखच भरिएकाे हलमा लाेकप्रिय गायक जे,वि वलि ,दिपु वि,सिकाे कर्णप्रिय प्रस्तुति तथा माेडल रिया श्रेष्ठ लगायत अन्य कलाकारहरूकाे बेजोड प्रस्तुति रहेकाे थियाे ।
पोर्चुगलमा चर्चित कथा वाचक तथा उत्प्रेरक पोख्रेलको प्रस्तुतिले जित्यो दर्शकको मन