ध्रुव जंग थापा- पोखरा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएका उम्मेदवारहरुले मतदाता रिझाउन धेरै बाचा र सपना देखाए पनि ती सबै आसाकोपुलिन्दा मात्रै हुने गर्छ्न।तर प्रतिनिधि सभा मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट समानुपातिक सांसद बन्नु भएका शिव नेपाली र सोही क्षेत्र बाटप्रत्यक्ष उम्मेदवार रहनु भएका राजु राईले आफुले गरेको प्रतिबद्धता पूरा गर्नु भएको छ।
पोखरा महानगर पालिका वार्ड नं ३२ शुन्दर टोलमा २ ओटा खाने पानी धारा सोही क्षेत्रमा रा. स्व. पार्टी बाट प्रत्यक्ष उमेदवाररहनु भएका युवा नेता राजु राई र प्रतिनिधि सभा मा रा स्व पा बाट समानुपातिक सांसद हुनु भएका शिव नेपालीको सयुक्त पहलमा निर्माण सम्पन्न गरिदिनु भएको हो । लामो समय देखि सोक्षेत्रमा खाने पानी घाराको समस्या रहेको थियो । अहिले खानेपानी को धारा निर्माण सम्पन्न भए पश्चात् त्यहाँका स्थानीय बासिन्दाहरुहर्षित भएका छन ।