नवलपुर,भाद्र १९। देवचुली नगरपालिकामा कार्यरत एकजना हलुका सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएसङ्गै नगरपालिकाले एक सुचना प्रकाशित गरि नगरपालिकाले आज भदौ १९ देखि भदौ २५ गते सम्म स्वास्थ र सरसफाइ बाहेक सम्पुर्ण सेवा प्रवाह बन्द गरिएको जनाएको छ ।
केही समय अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देल द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा संक्रमित सवारी चालकसंग नगरपालिकाका धेरै कर्मचारी सङ्ग भेट भएको हुदा संक्रमण थप बढ्न नदिन यो कदम चालिएको बताइएको छ।यो बिचमा नगरपालिकाले संक्रमितको सम्पर्कमा रहेका कर्मचारी ,जनप्रतिनिधि लगायतको कन्ट्रायाक्ट ट्रेसिङ गर्नेछ। नगरपालिकाबाट जारी सुचनामा नगरपालिका र नगरपालिका भित्र रहेका वडा कार्यालयको नियमित सेवा प्रवाह बन्द भएपनी अन्य वडा कार्यालय भने नियमित रुपमा संचालन हुने बताइएको छ।देवचुलिमा आज मात्रै एकजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको हो।
देवचुलि नगरपालिकाकाको अत्यावश्यक बाहेकका सबै सेवा भदौ २५ गतेसम्म बन्द