फोर नेसन्स ईन्टरनेसनलकाे शाखा मंगलबार कावासाेति नगरपालिकाको वडा नं ३ थकाली चोकमा उद्घाटन गरिएकाे छ । उक्त शाखाकाे उद्घाटन संस्थाका प्रीन्सिपल विलियम डिजाईले गर्नु भएको हो । वैदेशिक अध्यनका लागि जान चाहाने विद्यार्थीहरुलाइ मध्यनजर गर्दै कावासोतिमा पनि शाखा संचालन गर्न लागिएको संस्थाका संचालक तथा नेपाल बिजनेस डेभलपमेन्ट डाइरेक्टर आदर्श भुसालले जानकारी दिनु भयो। कावासोती शाखाका डाइरेक्टर निस्चल तामाङले स्वागत गरेको कार्यक्रमको सहजीकरण कन्सलटेन्सिका ग्लोबल बिजनेस डेभलपमेन्ट डाइरेक्टर कोमल राज पाठकले गर्नु भएको थियो।कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रीन्सिपल विलियमले फोर नेसन्स वैदेशिक अध्यनका लागि सहयोग गर्ने अत्यन्तै भरपर्दाे तथा विश्वाससिलो सस्था भएको भन्दै यस्ले विद्यार्थीहरुलाइ विदेश लैजाने मात्रै नभएर विद्यार्थीहरुलाइ तेहा आइपर्ने समस्या समेत समाधान गर्दै विद्यार्थी हरुको भविष्य सुरक्षीत गर्न सहयोगी बन्ने बताउनु भयो।हेड अफिस अस्ट्रेलियामा रहेकोे संस्थाको इन्डियामा २ वटा,भियतनाममा एक,र नेपालमा ७ वटा शाखा रहेको पाठकले जानकारी दिनुभयो।कार्यक्रममा संस्थाका अन्य प्रतिनिधि तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।
फोर नेसन्स इन्टरनेशनलको शाखा कावासोतिमा पनि