कावासोती ,नवलपुर ।नवलपुरको कावासोतिमा रहेको सिद्धार्थ आवासिय माविका प्रधानाध्यापक तथा समाजसेवी भोजराज दाहालले कावासोती २ मा रहेको शिव माध्यमिक विद्यालयमा १ लाख ५१ हजार बराबरको अक्षयकोष स्थापना गरेसङ्गै २० वटा शैक्षिक संस्थाहरुमा कोष स्थापना गरेका छन।आफ्नो स्वर्गीय माता पिता देविलाल दाहाल र रमादेवी दहालको स्मृतिमा कावासोती नगरपालिका भरिको सामुदायिक विद्यालय र क्याम्पसहरुमा अक्षयकोष स्थापना गर्न उद्देश्य अनरुप १८ औ विद्यालयका रुपमा शिव माविमा स्थापना गरिएको हो।
दाहालले यो सहित १८ विद्यालय र दुई क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिसकेका छन। कावासोतीमा रहेको ज्ञानोदय मावी मा १ लाख बराबरको अक्षय कोष स्थापना गरेको कावासोतिको तत्कालीन मेयर चन्दाकुमारी पुनले सुरु गरेको अभियान आगामी दिनमा समेत जारी रहने जानकारी दाहालले दिएका छन। हालसम्म कावासोति नगरपालिकामा रहेको जनकल्याण मावी ,जनता मावी विष्णुनगर,ज्ञानोदय मावि,नवदुर्गा आधारभूत विद्यालय,शिव मावि,६ कालिका मि बि ,सरस्वती माध्यमिक बि हसौरा ,शान्ति निकुञ्ज मा बि पिठौली , जनता मा बि मगरकोट, कावासोती आधारभुत बिद्यालय , जनता मा बि त्रिभुवनटार, त्रिभुवन बाल मा बि ढोकी ,सरस्वती मावि गोछडा , , चण्डेश्वरी माबि गोडार , गोसाइँबाबा आधारभुत बिद्यालय,जीवनज्योती मावी ,दीपेन्द्र आधारभूत बिधालय डण्डा, र क्याम्पसमा अक्षयकोष स्थापना भैसकेको छ ।शिक्षानै समाज रुपान्तरणको मुख्य माध्यम रहेको र आफुपनी लामो समयदेखी शिक्षा क्षेत्रमै सक्रिय रहेर व्यवसाय समेत संचालन गरेको हुदा खासगरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक अवस्था सुधारमा सहयोगी बन्ने सोचका साथ सबै विद्यालयमा अक्षयकोष स्थापान गर्न लागेको दाहालले बताए।
शिक्षासेवी दाहालको सत्कर्म ,कावासोतीको सबै विद्यालयमा अक्षयकोष