१९ भदौ, बाँके । जिल्लामा हरेक हप्ताको शुक्रबार र शनिबार लागू हुने गरि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बाँके जिल्ला भर लागू गरिएको र सम्पुर्ण जिल्ला वासी यसको पालना गर्न आग्रह गरेको छ । जिल्ला covid 19 संकट व्यवस्थापन केन्द्रको भदौ १२ गते बसेको बैठकको सिफारिसका आधारमा बाँके जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम कयमै रहेकोले सो को रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन नेपाल सरकारको निर्णय, संक्रमण रोग एन २०२० को दफा २ र स्थानिय प्रशासन एन २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्ला भर लागू हुने गरि अर्को आदेश नआए सम्मका लागि प्रशासनको गत भदौ १५ गते गरेको निर्णय अनुसार हप्तामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको हो । सो समयमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधान बाहेकका व्यपार- व्यवसाय र अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था, सवारी साधान संञ्चालन तथा हिडडुलमा समेतमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा उल्लेख छ । प्रशासनले लागू गरेको निषेधाज्ञाको अवज्ञा तथा अवहेलना गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
बांकेमा साताको दुई दिन निषेधाज्ञा