नवलपुर,भाद्र १९।नवलपुरमा थप १७ जना मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ निर्देशनालय पोखराका अनुसार गैडाकोट १ का ४ जना वडा नं २ का ५ जना वडा नं ४का २ जना र वडा नं ५ का ५ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको छ ।त्यसैगरी देवचुली ७ का १ जना पनि संक्रमण पुष्टि भएको छ ।
थप १७ सङ्गै नवलपुरमा जम्मा सक्रमितको संख्या ५२० पुगेको छ । ३६६ जना निको भएर घर फर्केका छन भने १५२ जना आइसोलेसनमा रहेका छन। क्षयरोग उपचार केन्द्र र स्वास्थ विज्ञान प्रतिस्ठान पोखराको ल्याबमा गरिएको परिक्षणबाट नवलपुरका १७ जनामा संक्रमण पुष्टि भएको नवलपुर स्वास्थ शाखा प्रमुख केशव चापागाईंले जानकारी दिए।संक्रमितहरुलाइ आइसोलेसनमा लैजाने तयारी भैरहेको पनि उनले बताए।
नवलपुरमा फेरि थपिए १७ कोरोना संक्रमित