कावासोती ,असार १२ । कावासोती २ को पंचकन्या चोकमा बदेलले आक्रमण गर्दा ३ जना घाइते भएका छन।आइतबार बिहान ७:३० बजेतिर दाना लिएर गएकी एक महिला तथा मर्निङ वाल्क गरिरहेका दुई मानिसलाइ आक्रमण गरेर घाइते बनाएको स्थानिय राम प्रसाद काफ्लेले जानकारी दिएका छन।कावासोती ३ तिरबाट पुर्वतिर पन्चकन्या चोक तर्फ आएको बदेलशीत जम्काभेट हुदा बदेलले आक्रमण गरेको हो।स्थानिय योग प्रसाद रिजाल र सदानन्द जैशी बाटोमा हिडिरहेको बेलामा आक्रमण गर्दा जैशी घाइते भएका छन भने रिजालको अवस्था सामान्य छ।घाइते मध्य २ जनाको स्थानीय हस्पिटलमा उपचार भैरहेको छ ।कावासोती २ को वडाध्यक्ष शिव पाण्डेले आफुले घटनाबारे बुझिरहेको बँदेल कसरी कहाँ बाट आयो भन्ने समेत खोजि भैरहेको बताए।
बदेलको आक्रमणबाट कावासोतीमा तीन घाइते