अजय मिश्र, कृष्णनगर, जेष्ठ १०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर उप प्रमुख आरती देवी चौधरीले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेकी छन् l आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् l नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई आज एक कार्यक्रमका बिच नगर प्रमुख शाहले सपथ ग्रहण गराए पछि उप प्रमुखले पदभार ग्रहण गरेकी छन् l आरती देवी चौधरी नेपाली कांग्रेस बाट उप प्रमुख पदमा उमेदवारी दिई स्थानीय तह कृष्णनगर मा विजयी भएकी हुन् l