मर्चवार ४ जेठ/
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको मतगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने बेला स्थित तनाव ग्रस्त भएको छ । हिजो देखी सुरु गरिएको मतगणना को अन्तिम नतिजा प्रकाशन गर्दा त्रुटी भएको भन्दै जसपाको उम्मेदवार पक्षकाले बिरोध जनाउदा स्थित तनाव ग्रस्त हुदा मतगणना कार्य स्थगित गरिएको छ । वडा नं. ६ को मतगणनाको अन्तिम परिणामको अवस्थामा पुगेपछि जनता समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका बिनोद यादवका प्रतिनिधिहरु असन्तुष्टी जनाउदै मतगणना स्थलबाट बाहिरिएका छन् । हिजो साँझ ४ बजे देखि सुरु भएको मतगणना बिहान ४ बजे सम्मा २ हजार ५ सय ६९ मतपत्र गणना गरिएको थियो । मतगणनामा धाँधलीपुर्ण भएको भन्दै कोटहीमाई ६ को अध्यक्ष पदको उम्मेदवार तथा प्रतिनिधिहरुले आरोप लगाए का छ्न । जनता समाजवादी पार्टीका प्रतिनिधि तथा मतगणनामा खटिएका कर्मचारीहरुको मत परिणाम बिवरणमा फरक परेको भन्दै जसपाको उम्मेदवार तथा प्रतिनिधिहरुले पुनः मतगणना हुनुपर्ने भन्दै माग गरिरहेका छ्न । यता लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामसमुझ त्रीपाठी र सोको प्रतिनिधिहरुको अनुसार सबै बिबरण सहि रहेको साथै लोसपाको पक्षमा ५०३ तथा जसपाको पक्षमा ५०२ मत परेको मतपरिणामले लोसपाको उम्मेदवारको १ मतान्तरले बिजय भएको साथै जसपाका प्रतिनिधिहरुले ३/४ पटक मत परिणामको संख्या गणना गर्दा पनि त्यही नतिजा आएको हुदा हामी ५/६ घन्टा देखि नतिजाको लागि कुरेकै हो साथै अब पुनः सम्पुर्ण मतपत्र गणना नहुनु पर्ने भनी कुरा राखेका छ्न ! सोही बिवादको समाधानको लागि निर्वाचन अधिकृतको उपस्तिथिमा सर्बदलिय बैठक पनि सम्पन्न भएको छ तर नतिजाको टुङ्गो लागेको छैन ! उक्त मतगणना स्थलमा, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, नेपाली सेना सुरक्षाको लागि खटिएका छन् ।