रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २१ जना महिला र २९ जना पुरुष रहेका छन् ।
रुपन्देहीका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार रुपन्देहीमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।
बिहीबार थपिएका संक्रमितहरुमा सबै भन्दा बढी ३१ जना संक्रमित बुटवल उपमहानगरपालिकामा थपिएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ९, तिलोत्तमामा १, देवदहमा २, रोहिणीमा १, गैडहवामा २ र ओमसतिया गाउँपालिकामा ४ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ११३३ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये ४९७ जना संक्रमण मुक्त भएका छन् भने ६२६ जना सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले कोभिड-१९ (कोरोना भाइरस) को भदौं १७ गतेको दैनिक संक्रमित प्रतिवेदन प्रकाशित गरिएपछि प्राप्त संक्रमितको संख्या पनि आज प्राप्त कोरोना संक्रमितको संख्यामा जोडिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।