कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित ३३ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने आकांक्षा सहित शुक्रबार उनीहरुले राजिनामा दिएका हुन् । उनीहरुले निमित्त प्रमुख प्रशाकीय अधिकृत राजन पाण्डे समक्ष राजिनामा दिएका हुन् । नगरप्रमुख प्रेमशंकर मर्दनिया नेकपा एमालेबाट नगरप्रमुखमा उमेदवार बन्ने दौडमा छन् । त्यसैगरी कावासोती १ का वडा अध्यक्ष नारायण पन्त, कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, कावासोती ११ का वडाअध्यक्ष शारदा प्रसाद अधिकारी, कावासोती १० का वडाध्यक्ष टेकनारायण महतो, कावासोती १५ का वडा अध्यक्ष देवनारायण महतो, कावासोती ८ का वडाध्यक्ष आनन्द गुरुङ, कावासोती १३ का वडाध्यक्ष आनन्द गुरुङले राजिनामा दिएका हुन् । राजिनामा दिएका वडाध्यक्षहरु सबै पुन वडाध्यक्षमा दोहोरिने चाहाना सहित उमेदवार दिएका हुन् । एमालेबाट कावासोती २ मा लक्ष्मीप्रसाद पौडेल, कावासोती ११ मा काँग्रेसबाट शारदा प्रसाद अधिकारी,कावासोती १३ मा विनोद राना मगरले वडाध्यक्षमा टिकट पाइसकेका छन् भने अन्यको अझै टुंगो लागेको छैन ।
कावासोतिका उपमेयर मर्दानिया सहित ३३ जनप्रतिनिधिले दिए राजीनामा