मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड भएको हो। मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ। पार्कमा रहेका अन्य संरचना भने यथावत छन्। ‘त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
हेटौंडामा निर्माणाधिन मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड