कावासोती ।कावासोती नगरपालिका वडा न १ का वडाध्यक्ष नारायण प्रसाद पन्तले वडाध्यक्ष पदबाट राजिनामा दिएका छन।कावासोती नगरपालिकालाइ संबोधन गर्दै आफुले बिशेश कारणले राजिनामा दिन लागेको र वडाको कार्यवाहक अध्यक्षको रुपमा वडा सदस्य मान बहादुर ठाडालाई जिम्मेवारि दिएको जानकारी दिएको छ्न ।
iउनले पाच बर्षे कार्यकालमा सहयोग गर्ने कावासोती १ बासी,नगरपालिका तथा कर्मचारी हरुलाइ धन्यवाद समेत ज्ञापन गरेका छन।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा फेरि उमेदवार बन्न चाहानेले राजिनामा गर्नु पर्ने आचार समिता लागू गर्ने जनाएपछी फेरि वडाध्यक्षको उमेदवार बन्ने उद्देश्यले पन्तले राजिनामा दिएका हुन।पन्थ २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस बाट निर्वाचित भएका थिए।
कावासोती १ का वडाध्यक्ष पन्तले दिए पदबाट राजिनामा