नवलपुर, भदौ १८ । कोरोना भाइरस कोभिड–१९ संक्रमित पूर्वी नवलपरासी गैंडाकोटका एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुषको आज मृत्यु भएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजले जारी गरेको विज्ञप्तीमा गैंडाकोट २ का भनिए पनि उनि गैंडाकोट ५ का रहेको वडाध्यक्ष कंडेलले बताउनुभयो । ३७ वर्षीय उक्त पुरुषको आज दिउँसो २ः२० मा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । मृतक पुरुष अल्कोहलिक हेपाटाईटिस तथा मिर्गौलाको रोगबाट ग्रसित रहेको विज्ञप्तीमा जनाईएको छ । भदौं ९ गते अस्पतालमा भर्ना भएका उनको भदौं १० गते कोरोना पुष्टि भएको हो । उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो । यो सँगै नवलपुरमा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।
कोरोना संक्रमणले नवलपुरको थप एकजनाको मृत्यु