नवलपुर,भाद्र १८। पश्चिम नवलपरासी, सुस्ता-१ रुपौलियाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । रुपौलियाको बाटिका कृषी सहकारी सस्था नजिकै रहेको विधुत पोलमा चढि लाइन बनाउने क्रममा एक्कासी विधुत प्रवाह भइरहेको लाइनमा हातले स्पर्श हुदा करेन्ट लागेको सुस्ता वडा नम्बर १ का वडाध्यक्ष अशोक चौधरीले जानकारी दिएका छन । मृत्यु हुनेमा सुस्ता १ निवासी बर्ष ५२ का देव नारायण चौधरी रहेको र उनको उपचारको लागी चिसापानी लैजादै गर्दा बाटोमै मृत्यु भएको चौधरीले बताए । मृतकको शवलाइ पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाउने तयारी भैरहेको छ।
नवलपरासीमा करेन्ट लागेर एकको मृत्यु