पोखरा,भाद्र १८ । गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो रिपोर्ट पोजेटिभ आएका उनले ४ दिन अगाडि स्वास परिक्षणका लागि दिएका थिए ।गण्डकी प्रदेश क्षयरोग नियन्त्रण कार्यालयको ल्याबमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनले भेटेकाहरुको कन्ट्रायाक्ट ट्रेसिङको काम भैरहेको स्वास्थ निर्देशनालय पोखाराले जनाएको छ।सामाजिक विकास मन्त्री नरदेवी पुन सङ्ग उनको भेट भएको खुल्न आएपछी उनी पनि कन्ट्रायाक्ट ट्रेसिङमा परेकी छन। रेग्मिको स्वास्थ अवस्था सामान्य रहेको छ र हाल उनी होम आइसोलेसनमा रहेका छन।
गण्डकी प्रदेश सांसदलाइ कोरोना संक्रमण