नवलपुर। लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको आयोजना तथा संस्थाको सहकोषाध्यक्ष लायन खगिसरा न्यौपाने बस्यालको सहयोगमा आर्थिक अवस्था कमजोर रहेको एक विद्यार्थीलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको छ।गत शुक्रबार परेको जन्म दिनको अवसरमा गैडाकोट नगरपालिका वडा न १५ मा रहेको लक्ष्मी माबिमा कक्षा ९ मा अध्यनरत विद्यार्थी लाई वर्षभरी लाग्ने कपि कलम,झोला ड्रेस लगायतका सम्पुर्ण शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
आफुले आफ्नो जन्मदिनमा अन्य फजुल खर्चहरु कटौती गरेर सामाजिक सेवामा लगाउने विगत देखिको अभियानलाई निरन्तरता दिदै यश पटक विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको लायन खगिसरा न्यौपाने बस्यालले बताइन। शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका सह- प्रधानाध्यापकले जन्मदिनमा सहयोग गर्ने लायन बस्याल तथा कावासोती सप्तरङ्गी परिवारलाइ धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रमको समन्वय लायन चेतन चौधरी र दिपक लुइँटेलले गरेका थिए भने संचालन सचिव खेम सारु मगरले गरेका थिए।
?कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापती तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष भोजराज भुर्तेल किरणले सबैले आफ्नो जन्मदिन ,एनिभर्सरी लगायतका महत्त्वपूर्ण दिनहरुमा सामाजिक कार्यहरु गर्ने बानिको विकास गर्न सके सामाजिक विकासमा सहयोग पुग्ने बताउदै लायन्स क्लब अफ कावासोती सप्तरङ्गीले अन्य विद्यार्थीहरुलाइ समेत शैक्षिक सामाग्री सहयोग गर्ने योजना बनाएको जानकारी दिएका थिए।
जन्मदिनमा लायन बस्यालको सत्कर्म : विपन्न विद्यार्थीलाई वार्षिक छात्रवृत्ति