उत्तमकुमार थापा /बझाङ । जिल्लामा खै तपाईंको माक्र्स अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङकाे आयाेजनामा सदरमुकाम चैनपुरमा परिक्रमा गरि खै तपाईंको माक्र्स अभियान सञ्चालन गरिएको हाे । विश्वब्यापी रुपमा फैलिएको काेभिड १९ काे सक्रमण सँगै पछिल्लो समय देशमा निकै आक्रमणका रुपमा देखापरेको कनेरना भाईरसलाई राेकथाम गर्न र समुदायमा फैलिन नदिन सचेतनाका लागि यस्तो भियानकाे सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर बिष्टले बताउनुभयो । बझाङ जिल्लामा मात्र नभएर देशकाे विभिन्न कुना कुनामा सङ्क्रमण फैलिएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँ गाउँ बाट सदरमुकाम आएका तर माक्स नलगाएका दाजुभाइ दिदीबहिनीहरुलाई माक्र्स बितरण गर्दै,सबैलाई सचेत रहन आग्रह गर्नु भएको हाे । कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख सरकारी कार्यालयका प्रमुख वडा नम्बर २ का अध्यक्ष शुक्रराज जाेशी पत्रकार लगाएतले चैनपुर बजार परिक्रमा गरि सचेता जगाउने कार्यलाई तिब्रता दिनु भएको थियाे । हामी सँग कुरा गर्दै डिएसपी बिष्टले भने,माक्स लगाउ काेरना भगाँउ,सचेत नागरिक बनाैँ,प्रहरी आयाे माक्स लगाउ भन्दा पनि माक्स लगाउँ काेरना भगाउ अभियानलाई तिव्रता दिनु पर्ने देखिन्छ ।
खै तपाईंको माक्स अभियान बझाङमा सञ्चालन