जि पि न्यौपाने ,सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिका को महाकवि देवकोटा क्याम्पस सुनवल नवलपरासीको व्यवस्थापन सङ्काय अन्तर्गत दोस्रो वर्षका विद्यार्थीहरुले वृद्दाश्रममा सहयोग गरेका छन।क्याम्पसमा अध्यन गर्ने करिब ३५ जना विद्यार्थीले एकदिनको खाजा बापतको रकम संङ्कलन गरी सुनवल -१३ बडेरा स्थित पवित्र वृद्धा आश्रम सागर पोखरिलाई जाडोको न्यानो लुगा हाईनेक , सुरुवाल , किचन सुज, मोजा पञ्जा, टोपी एवम् सरसफाइमा प्रयोग हुने लुगा धुने, नुहाउने र भाडा धुने सावुन त्यस्तै दैनिक खाद्यान्नमा प्रयोग हुने चामल, तेल, चिनि, चियापत्ति , चना ,सोयाविन, नुन लगायतका सामग्री हस्तान्तरण गरेको विद्यार्थी शिशिर शर्माले जानकारी दिएका छन। आगामी दिनहरुमा पनि यस्तै अभियान विभिन्न ठाउँहरुमा संचालन गर्ने योजना रहेको शर्माले बताए।
खाजा खर्च कटाएर विद्यार्थीहरुले गरे वृद्दाश्रममा सहयोग