रन्जीत शर्मा /नवलपरासी /भदौ १७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत बुधबार साँझ रानीपाकडमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का सुरेश चौधरीको मृत्यु भएको हो । परासीबाट भुमही तर्फ जाँदै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए । मोटरसाईकलको पछाडी सवार कृति चौधरीको पृथ्वी चन्द्र अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको डिएसपी लामाले बताए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु