काठमाडौ ,मंसिर २४। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन हिजोबाट काठमाडौमा सुरु भैसकेको छ।महाधिवेशन हिजो सुभारम्भ भएपछी आज मनोनयनको कार्यक्रम रहेको काङ्ग्रेस केन्द्रिय निर्वाचन समितिले जनाएको छ।निर्वाचनको दिन आइसक्दा पनि दुई समुह बनाएर चुनावी मैदानमा होमिन लागेका समुहहरुले पदाधिकारी तथा सभापति समेट टुङ्गाउन सकेको अवस्था छैन।यसैक्रममा नवलपुर बाट पनि १० जनाले केन्द्रिय सदस्यमा आकाङ्क्षा व्यक्त गरेर प्रचार प्रसार तिव्र पारेका छन।सुरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालिको नाम सहमहामन्त्री पदको उमेदवारका रुपमा आएपनी उनले समेत केन्द्रिय सदस्यमै आफ्नो उम्मेद्बारी दिने तयारी गरेका छन।तेस्तै नवलपुरबाट अन्य ९ जनामा नवलपुर क्षेत्र न २ का संघीय सांसदका प्रत्यासी विस्णुकुमार कार्की ,नेपाल भुपु सैनिक संघका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की राना,नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ओम थापा,तरुण विभागका केन्द्रिय सचिव श्याम प्रसाद श्रेष्ठ ,नेपाल शिक्षक संघको पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु पाण्डे,सीता पाण्डे देवकोटा ,नेवि संघका पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा ,गजेन्द्र आले मगर र राजनैनिक विश्लेषक शंकर तिवारी रहेका छन। सामाजिक संजालामा ब्यानर बनाएर प्रचार प्रसार तिव्र बनाएपनी सबै जना पौडेल समूह वा संस्थापनको टिममा पर्ने संभावना भने छैन।टिममा नपरेको खण्डमा खुला उम्मेद्बारी दिने संभावना समेत नरहेको बुझिएको छ।उम्मेद्बारी घोषणा गरेका मध्य नवलपुर क्षेत्र न २ का विष्णुकुमार कार्किको उम्मेद्बारी लगभग पक्का भएको छ भने अन्यहरु टिममा पर्न कसरत गरिरहेको पाइएको छ।अन्यमा नेपाल भुपु सैनिक संघका अध्यक्ष धन बहादुर मास्की रानाको संभावना प्रवल रहेको छ भने नेपाल मगर संघको केन्द्रिय अध्यक्ष भएको हुदा संस्थापन समुहबाट आदिवासी जनजाती कोटामा ओम थापा अगाडि देखिएका छन।महिलाबाट संस्थापन समूहबाट दुई उमेदवार मध्य बिष्णु पाण्डेको केही संभावना देखिएको छ। १० जना आकाङ्क्षी हरु भएपनी नवलपुर बाट बढिम तिन देखि ४ जना मात्रै टिममा अटाउने संभावना रहेको हुदा अन्यहरुको लागि भने संभावना कम रहेको छ।
नवलपुरबाट काङ्ग्रेस केन्द्रिय सदस्यमा १० जनाको उम्मेद्बारी ,को को पर्लान त टिममा?