राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्। ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन्
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन,थापा पराजित