कावासोती। नेपाली काङ्ग्रेसको"१४ औ महाधिवेशन अन्तर्गतको प्रदेस अधिवेशन हिजोबाट सुरु भएको छ।प्रदेश अधिवेशन सुरु भए लगत्तै प्रदेस पदाधिकारी तथा सदस्य पदका लागि प्रदेशका नेताहरुको दौडधुप बढेको छ।गण्डकी प्रदेसमा समेत अधिवेशनको माहोल तात्दै गएको छ।११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा विभिन्न जिल्लाका काङ्ग्रेस नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन।गण्डकिमा पौडेल समूह र देउवा समुहले दुई प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन।देउवा समुहले अलि पहिलेनै रमेश जोसिको नेतृत्वमा प्यानल घोषणा गरेको थियो भने पौडेल समुहले हिजो मात्रै शुक्रराज शर्माको नेतृत्वमा प्यानल बनाएर चुनाब लड्ने घोषणा गरेको छ। गण्डकी प्रदेशको अधिवेशनको सरगर्मी बढिरहेको अवस्थामा नवलपुरबाट समेत विभिन्न पदका लागि नेताहरुले आकाङ्क्षा राखेका छन।प्राप्त जानकारी अनुसार हालसम्म नवलपुर जिल्ला सभापति समेत रहेका विस्णु लामिछानेले प्रदेश महामन्त्रीमा,प्रदेश सांसद ओमकला गौतम प्रदेश सह-महामन्त्रीमा ,युवा नेता गणेश सापकोटा प्रदेश सहा-महामन्त्री ,टंक अर्याल सदस्य ,केशव कंडेल सदस्य,खुस्बु चौधरी सदस्य,इन्द्र बहादुर चौधरी सदस्य,सीता कुवर सदस्य ,बाबुराम कंडेल सदस्य पदमा उमेदवारि दिने तयारी रहेको छ।नवलपुर बाट पुराना जिल्ला नेता महेन्द्र ध्वज जिसि पौडेल समुहबाट प्रदेश सभापतिको उमेदवार रहने चर्चा चलेपनी हिजो शुक्रराज शर्माको उम्मेद्बारी साझा रुपमा घोषणा भएपछी त्यो संभावना सकिएको छ।अन्य पदमा पनि नवलपुरबाट उम्मेद्बारी रहने चर्चा सुनिएपनी आधिकारिक रुपमा बाहिर आइसकेको छैन।प्रदेश अधिवेशन हिजो औपचारिक रुपमा सुरु भैसकेको छ।
काङ्ग्रेस महाधिवेशन : गण्डकिमा नवलपुरबाट को को छन उमेदवार ??