विमल अधिकारी । कावासोती । आज सम्पन्न नेकपा एमालेको वडा अधिवेसनमा कावासोती वडा नं १० को वडा कमिटिमा टेक नारायण महतोको अध्यक्षतामा २५ सदस्य वडा कमिटी सर्वसम्मत चनय गरिएको छ । देसै भर एकै साथ पार्टी अध्यक्ष के पि शर्मा ओलिले उद्घाटन गर्नु भएको अधिबेसनमा कावासोती बडा नं १० ले नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा अध्यक्ष टेकनारायण महतो,उपाध्यक्ष लोक राज भट्टराई सचिव सुजता सिख्राकार उप सचिव दुर्गा ढुंगाना र रविन्द्र तिमिल्सिना चयन हुनुभएको छ । त्यस्तै नगर प्रतिनिधि छनोटमा महिला तर्फ ५ जना जनजाती तर्फ ३ जना दलित तर्फ १ जना श्रमिक तर्फ १ जना र खुल्ला तर्फ ७ जना गरि १७ जना नगर प्रतिनिधि छनोट गरिएको छ । निवर्तमान वडा कमिटी अध्यक्ष सुर्य प्रसाद ढुंगानाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवम वडा ईन्चार्ज सीता पंगेनी,नगर कमिटी संयोजक बिष्णु प्रसाद ढुंगाना लगायतकाको उपस्थिति थियो ।
महतोको अध्यक्षतामा वडा नं. १०को वडा कमिटि चयन