कृष्ण पौडेल /सुनवल /२३ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय युवा सँघ नेपाल पार्टी कार्यालय शुभारम्भ भएको छ ।
शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय सभा सदस्य भगवती भण्डारी, विशिष्ट अतिथि डोलराज भण्डारी कृष्णप्रसाद बगाले बिमला अर्याल अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी एमाले तथा सुनवल नगरपालिका का उपप्रमुख दधिराम अर्याल लेखनाथ खरेल लगाएत पार्टीका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए।
पार्टी शुभारम्भ तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय सभा की सदस्य भागवती भण्डारीले नेपाल कम्युनिष्ट पार्टी एमाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशको र जनताको हितमा काम गरेकाले जनताको मन मस्तिष्कमा केपी ओली नै गुञ्जीएको र जनादेशबाट नभई प्रादेश बाट केपी ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले हटाएको प्रति दुख व्यक्त गर्दै वडाका जनप्रतिनिधिहरु लाई अहिलेसम्म गरेका राम्रा काम को धन्यवाद दिँदै अब बाँकी काम जनता र देशको हितमा गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि विमला अर्यालले अब आउने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले झ्यालबाट नभई दुई तिहाइ बहुमतका मूल ढोकाबाट भित्र पस्ने ठकुवा लानुभयो कार्यक्रममा बोल्ने अतिथिहरुले कांग्रेस कांग्रेस भन्दै तर्सिनुपर्ने अवस्था नभएको र कांग्रेसले अहिलेसम्म कुनै काम देश र जनताको हितमा नगरेको र माखो पनि नमार्ने आरोप लगाएका थिए कार्यक्रममा बोल्दै सर्वोच्च अदालतले बराबर न्याय न छुट्याएको आरोपसमेत लगाएका थिए ।
कार्यालय शुभारम्भ कार्यक्रम संचालन नेपाल कम्युनिष्ट पार्टी एमाले सुनवल वडा नम्बर १३ पार्टी सचिव सुस्मी तिमिल्सिनाले गर्नुभएको थियो।