उत्तमकुमार थापा /बझाङ/२५ असार । बझाङ जिल्लामा रहेका सार्वजनिक यातायातमा अनुगमन गरिएको हाे । अाज प्रमुख जिल्ला अधिकारी महन अधिकारी डिएसपी रुपक खड्का शस्त्र डिएसपी सहितको सयुक्त अनुगमन टाेली जिल्लाकाे सिमखेत ट्राफिक चेकपोस्टमा छड्के अनुगमन गरेकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख चक्र बहादुर मल्ले बताए ।
काेभिड १९ काे समयमा सार्वजनिक यातायातले चाहेभन्दा बढी भाडा लिने गरेको जनगुनासाे अाएपछि एक्कासि प्रमुख जिल्ला अधिकारी सहितको टाेलीले छड्के अनुगमन गरेको थियाे । ट्राफिक कार्यालय सिमखेतमा धनगढी जाँदै गरेको बस छड्केमा परेपछि सिडियाे अाफै बस भित्र गएर यात्रुहरु र ड्राइभर विच कुराकानी गर्नुभएको हाे ।
सुदुरपश्चिम प्रदेशको धनगढी जाँदै गरेको बसमा ४० जना यात्रु बाेकेकाे बसले १३ सय भन्दा बढी भाडा लिएकाे भेटाए पछि तत्काल कार्वाही गरिएको र सबै यात्रुलाई ४०९ रुपैयाँ तुरुन्तै फिर्ता गराउदै गाडी धनगढी पठाएको डिएसपी रुपक खड्काले बताए । प्रमुख जिल्ला अधिकारीले भने,बझाङ जिल्ला भित्र र बाहिरी चल्ने सार्वजनिक यातायातमा भाडादर बढी लिएकाे भेटिएकोले सबै सचेत रहन अनुराेध गरिएको छ । यदी कसै बाट यस्तो काम हुन गएमा तुरुन्तै प्रहरी कार्यालय तथा अाफुलाइ जानकारी गराउन अनुराेध गर्नुभएको थियाे ।
त्यसै विच काठमाडौ जाँदै गरेको बस वागथलामा चेक गर्दा ३६ जना बाेकेकाे गाडीले ३५ सय भाडा लिएको चेकजाँच गरेपछि १२ सय घटाएर यात्रुलाई फिर्दा दिन लगाउनुभएकाे हाे । छड्के अनुगमनले यात्रुलाई सहज सहित महङ्गो भाडा तिर्न बाट बञ्चित भएको र कानुन रहेको महसुस भएको यात्रुको भनाइ छ ।