नवलपुर। देश परिवेसमा हाल गुज्रदै गएको कोभिडको माहामारिमा विभिन्न सामाजिक अभियन्ताको मातहतमा देशका गरिब, अशक्त , अपांग साथै बिकट तथा बिपन्न अवस्थाका ब्यक्तिहरुलाई घरघरै सेवा पुराईरहेको हाम्रो संसार नामक सामाजिक संस्थाको चौंथो बार्षिकोत्सवको आगमन सँगै देश भरी आफ्नो सामाजिक संस्थाको साखा बिस्तार गर्दैछ । पछिल्लो सफलता सँगसँगै यो संस्थामा जोडिनेको संङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ । सामाजिक कार्यको कुरा चलिरहँदा सामाजिक मन भएका , हरेक सामाजिक क्षेत्रमा अब्बल साथै समाज सुधारका लागि दरिलो खम्बा भनेर चिनिने भरत कार्कीले पनि यसै संस्थाको मार्फत सामाजिक हितको लागि भनेर खटिएका अभियन्ताहरुलाई १ दर्जन टिसर्ट हस्तान्तरण गर्नु भएको छ । उहाँ यस अघि पनि पर्वतका एक कुस्ठ रोगिलाई पनि उहाको उपचारार्थ खर्च पठाएर सामाजिक हितको निमित्त आफुलाई चिनाईसक्नु भएको थियो साथै गरिब अशक्त अपांग हरुका निमित्त पनि विभिन्न माध्यमले सेवा पुराईरहनु भएको छ । हाल उहाँ यु के मा बस्दै आउनु भएता पनि नेपाल र नेपालिको निमित्त जुनसुकै हालतमा पनि सेवामा नझुक्ने उहाँले बताउनु भएको छ । भलै देशमा राजनितिले च्यापेको किन नहोस तर सामाजिक हितको निमित्त लड्ने अभियन्ताहरु राजनिती नै त्यागेर लाग्नुपर्ने पनि उहाँले जानकारी गराउदै सेवामा आफू हरेक तवरबाट जुट्ने जनाउनु भएको छ । हाम्रो संसारले देशब्यापी रुपमा काम गर्दै गर्दा गाउँ गाउँमा हाम्रो संसार अभियान सुचारु गरेको छ ।
सामाजिक कार्यमा युवाको रुचि बढ्दो,हाम्रो संसारको शाखा बिस्तार तिब्र