कावासोती- जेष्ठ २७। कावासोतीका २ युवाले हुप्सेकोट गाउँपालिकाको सृजनशील आमा समुहलाई सहयोग हस्तान्तरण गरेका छन। पछिल्लो समय नवलपुरकै प्रसिद्द पर्यटकीय स्थल बनेको हुप्सेकोटको झरना खोला नजिकै रहेको झरना खोला होमस्टे संचालनका लागि स्थानीय सृजनशिल आमा समुहलाई आज भएको परिचयात्मक तथा भेटघाट कार्यक्रममा सहयोग हस्तान्तरण गरेका हुन। कावासोती ५ निवासी समाजसेवी अमित भण्डारी र कावासोती ३ का दिपेन्द्र थापाले समुहलाई २० थान कुर्ची र ३०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको भण्डारीले जनाएका छन । कार्यक्रममा नेपाली काङ्ग्रेस तरुण बिभागका केन्द्रिय सचिब श्याम प्रसाद श्रेष्ठ प्रमुख अतिथी, कावासोती ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डे विशेष अतिथी रेहेका थिए भने कार्यक्रमको सहजीकरण गोकुल कंडेलले गरेका थिए।
हुप्सेकोटको सृजनशील आमा समुहलाई सहयोग हस्तान्तरण