९ जेष्ठ ,नवलपुर। नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टको क्षमता अभिबृद्धिमा सहयोग पुराउने उदेश्यले संकलन गरिएको रकम रकम आज कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत श्रेष्ठले आज हस्तान्तरण गरेका छन गरिएको छ । कावासोती १६ मा रहेको अस्पतालमा आज सहयोगी दाता,केही सामाजिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिर बहादुर थापालाई वडा अध्यक्ष श्रेष्ठले २ लाख ४४ हजार ६६६ रकमको चेक हस्तान्तरण गरेका हुन । अस्पतालमा विरामीको संख्या बढ्दै जादा अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएता पनि अपुग रहेकोले अक्सिजनको अभावमा कुनै पनि बिरामिले मृत्युवरण गर्न नपरोस भन्ने हेतुले दाताहरुको सहयोगमा रकम हस्तान्तरण गरिएको भन्दै श्रेष्ठले दाताहरुलाइ धन्यवाद समेत दिए । यसअघि पनि अस्पतालमा अक्सिजन अभाव हुदा १५ सिलिन्डर रिफिल गरेर हस्तान्तरण गरेका थिए । मेडिकल सुपरिटेन्डेन्ट डा.थापाका अनुसार अक्सिजन प्लाण्टको क्षमता अभिबृदीका लागि आएको यो नै पहिलो सहयोग हो । जिल्ला अस्पतालमा अहिले रहेको अक्सिजन प्लाण्टले दैनिक १८ वटा सिलिन्डर रिफिल गर्ने क्षमता बोकेको छ भने अहिले अस्पतालमा दैनिक ३५ वटा अक्सिजन सिलिण्डर खपत हुने गर्दछ । संकलित रकम मध्य अमृत कुमार श्रेष्ठ २७,५५५, सत्कार पौडेल २६,१११ , कोषराज कार्की २५,०००, ऋषिराम कंडेल २५,०००, विन्दु केसी २५,०००, गौमाया खन्डलुक २५,०००, नवराज भण्डारी २५,०००, रिभर श्रेष्ठ २५ ,०००, राजकुमार श्रेष्ठ १५, ००० , नवजिवन पुर्नस्थापना केन्द्र चोरमारा १०,०००, टिकाराम भण्डारि ५००० , भानु युथ एकेडमी ५,०००, कृष्ण बहादुर थापा १५, ००, विमल परियार १५,००, सुक बहादुर गुरुङ १,०००, रमेश अधिकारी १,०००, नविन गुरुङ १,०००, सहयोग गरेका हुन।सहयोगी दाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै यसरीनै सबैले खुल्ला हृदयले सहयोग गरेमा छिट्टै जिल्ला अस्पतालमा अक्सिजन अभाव अन्त्य हुने विश्वास समेत मेसु थापाले व्यक्त गरे।
वडाध्यक्ष श्रेष्ठद्वारा अक्सिजन प्लान्ट स्तोरन्नतीका लागि संकलित रकम मध्यविन्दु अस्पताललाइ हस्तान्तरण