रंजीत शर्मा / नवलपरासी / ०५ जेष्ठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ अमानिगन्ज पर्ने गोठमा आगलागी हुदा लाखौँको क्षति भएको छ । स्थानीय नायक गुप्ताको गोठमा गए राति विद्युतको तार सट भएर आगलागी भएको बताईएको छ । आगलागीबाट गोठमा रहेका तीन वटा गाई मध्ये दुईवटा मरेका छन् भने एउटा गम्भीर घाइते भएको छ । गोठमा राखिएका पम्पसेट मेसिन,चारा मेसिन, पानी तान्ने डिलेबरी पाइप , भुस,दाउरा समेत जलेर तीन लाख बढीको क्षति भएको गुप्ताले बताउनुभयो छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाल्हिनन्दनमा आगलागी हुँदा लाखौंको क्षति