रंजीत शर्मा/ नवलपरासी/ ०५ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाऊपालिका वार्ड नं १ सुनरीमा मंगलबार राति १० बजे ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महेशपुरबाट बडसारे तिरै जाँदै गरेको लु ३ त ५९२८ ट्र्याक्टरले मोटरसाइकललाई अगाडीबाट ठक्कर दिँदा पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ रमपुरवा बस्ने २६ वर्षिय उमेश यादवको घटना स्थल मै मृत्यु भएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नवलपरासीमा ट्रयाकटरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु