इमरान खान , कपिलवस्तु, ४ जेठ । कोभिड-१९ भाईरस संक्रमित भई अस्पतालमा उपचाररत आम सर्वसाधारणहरुमा अक्सिजनको सहज आपुर्तिको व्यवस्था मिलाउन नेपाली कांग्रेसका युवा नेता एवं कपिलवस्तु समन्वय समिति सदस्य अनुप कुमार पाण्डेयले ३ वटै तहका निर्वाचित जनप्रतिनिधीहरु लगायत नेपाल सरकार सँग आग्रह गरेका छन । पछिल्ला दिनहरुमा जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत कोभिड संक्रमित विरामीहरुको उपचारमा अक्सिजनको अभाव भएको घटनाबाट आफु दु:खी भएको युवा नेता पाण्डेयले मध्यान्ह दैनिकलाई बताए । यसको व्यवस्थापनका लागि जिम्मेवार निकायहरु सक्रिय भई अघि बढ्नु पर्नेमा उनले जोड दिएका छन् । अक्सिजनको अभावमा सर्वसाधारणको ज्यान जानु भनेको निकै दुखद घटना हो, नेता पाण्डेयले भने, “यसका लागि जिल्लाका सवै स्थानीय तहका प्रमुखहरु, प्रदेश सभा सदस्य र संघीय सांसद मिलेर जिल्लामा अक्सिजन प्लान्ट लाउने कार्य तर्फ अघि बढ्नु पर्छ ।” यसका लागि नेपाली कांग्रेस कपिलवस्तुबाट गर्नु पर्ने सहयोगका लागि आफुहरु तयार रहेको उनले बताए । स्थानीय प्रशासनले लगाएको लक डाउनलाई पूर्ण रुपमा पालना गर्न नेता पाण्डेयले जिल्लावासीलाई आग्रह गरेका छन । लक डाउनको पालनाबाट मात्रै कोरोना भाईरस संक्रमणको जालोलाई तोड्न सकिन्छ । होईन भने कोरोना संक्रमणको यो अवस्थाले झन् विकराल रुप लिन्छ, उनले भने । सोही अवसरमा युवा नेता पाण्डेयले कोरोना संक्रमण विरुद्धको सक्रिय भई उपचारमा खटिएका स्वास्थ्यकर्मी, शान्ति सुरक्षा प्रवन्धमा खटिएका सुरक्षाकर्मी र समाचारकर्ममा खटिएका पत्रकारहरु प्रति विशेष अभार व्यक्त गरेका छन् । संक्रमणको यस घडीमा यी ३ वटै निकायमा खटिएकाहरुको मनोवल सबै पक्षबाट उच्च राख्नु पर्नेमा उनले जोड दिएका छन । उहाँले आर्थिक सहयोग को लागि पनि आफ्नो पार्टी का धेरै नेता हरु संग सहयोग को अपिल गरेका हुन । युवा नेता अनुप कुमार पाण्डेयले अक्सिजन प्लान्ट लगाउन लाई कपिलवस्तुको यशोधरा गाउँपालिका मा पहल गर्दै छन। नेता हरु भन्दा बरु कपिलवस्तुका एस पी नवराज अधिकारीको धेरै सक्रियता देखिए को छ उहाँ ले भन्नु भयो ।
अक्सिजनको सहज आपुर्तिको प्रबन्ध गर्न आग्रह