देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १३ का एक कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ। कोरोना संक्रमण भई गत बैशाख १५ गतेबाट होम आइसोलेसनमा बसेका ६८ बर्षिय पुरुषको मृत्यु भएको हो । उनको दुम्कौली स्थित कोभिड अस्पतालमा दिउँसो साढे दुईबजे मृत्यु भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। दिउँसो २ बजे एक्कासी श्वास फेर्न गाह्रो भएपछी उनलाई अस्पताल पुर्याईएको थियो। एम्बुलेन्स तथा अन्य सवारीसाधन नपाईएपछी उनलाई ट्याक्टरमा कोभिड अस्पताल लगिएको थियो।