नवलपुरमा कोभिड १९ को संक्रमण बढेपछि भोली देखि निषेधाज्ञा गर्ने तयारी थालिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका ८ वटा पालिका मध्ये गैँडाकोट उच्च जोखिममा देखिएपछि निषधेज्ञाको कदम चाल्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । जिल्लामा ३ सय भन्दा बढी सक्रिय संक्रमित पुगेका छन्, त्यसमध्ये गैँडाकोटमा करिब ५० प्रतिशत संक्रमित रहेका छन् । कोभिडको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा नै विकल्प भएपछि निषेधाज्ञाको तयारीका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वमा आज ३ बजे पछि छलफल राखिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।
गैँडाकोट कोभिडको उच्च जोखिममा परेपछि जिल्लामै निषेधाज्ञा गर्ने तयारी